जनकपुर । डा. सिके राउत नेतृत्त्वको जनमत पार्टीका कार्यकर्ता र जनता समाजवादी पार्टी (जसपा)का नेता तथा कार्यकर्ताबीच झडप भएको छ । शनिबार सर्लाहीकाे इश्वरपुर नगरपालिका ६ बयलबासस्थित क्लवको उद्घाटन विषयमा विवाद हुँदा झडप भएको हो ।
दुई समूहबीच झडप हुँदा क्लवको उद्घाटन गर्न पुगेका सर्लाही क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद प्रमोद साह घाइते भएका छन्।उनको टाउकोमा चोट लागेको छ। सांसद साहलाई स्थानीय मेडिकलमा सामान्य उपचारपछि हेलिकप्टरबाट काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
अहिले घटनास्थलको अवस्था समान्य भइसकेको छ ।