• बैशाख २३ २०८३, बुधबार

लिखु नदीमा बम विस्फोट हुँदा एक जना गम्भीर घाइते

चैत्र ११ २०७८, शुक्रबार

रामेछाप । विस्फोटक पदार्थ प्रयोग गरी माछा मार्ने क्रममा बम विस्फोट हुँदा एकजना गम्भीर घाइते भएका छन् ।

रामेछाप नगरपालिका-४ हिमगङ्गाको धारापानी बसेरीमा रहेकाे लिखु नदीमा बम विस्फोट हुँदा हिमगङ्गाका ३४ वर्षीय टुकबहादुर श्रेष्ठ गम्भीर घाइते भएका हुन् । घाइते श्रेष्ठको स्थानीय साँघुटार स्वास्य चौकीमा सामान्य उपचारपछि थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाडाैं पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशङ्कर श्रेष्ठले जानकारी दिए। घाइते श्रेष्ठको काठमाडाैंकाे टिचिङ अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

उनका अनुसार माछा मार्न विस्फोटक पदार्थसहित श्रेष्ठसँगै गएका अन्य तीन जनालाई प्रहरीले लिखु नदीबाट पक्राउ गरेको छ ।