• बैशाख २२ २०८३, मंगलवार

सकियो कांग्रेस केन्द्रीय कमिटी बैठक, आइतबार फेरि बस्दै

चैत्र ११ २०७८, शुक्रबार

काठमाडौं । नेपाली काँग्रेसको आज बसेको केन्द्रीय कमिटी बैठक सकिएको छ । बैठक आइतबार ११ बजे बस्ने गरी सकिएको छ ।

शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा २० जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिहरुले आफ्नो धारणा राखेका थिए । धारणा राख्ने अधिकांशले आगामी वैशाख ३० गतेका लागि निर्धारण गरिएको स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्न नहुने बताएका थिए ।

बैठकमा ६ प्रदेशका सभापति र गण्डकी प्रदेशका मुख्यमन्त्रीले आफ्नो धारणा राखेका थिए ।

बैठकमा अधिकांश प्रतिनिधिले तल्लो तहलाई जिम्मेवारी दिएर गठबन्धन गरेर जानुपर्ने धारणा राखेका थिए ।