काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सुरु भएको छ । बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा केहिबेर अघि शुरु भएको हो।
जारी बैठकमा संसदीय समिति गठन र स्थानीय तह निर्वाचन तयारीबारे छलफल हुने नेताहरुले बताएका छन् ।
बैठकमा स्थानीय तहको निर्वाचनको विषयमा सातै प्रदेशका सभापतिहरुले आ-आफ्नो धारणा राख्ने छन् । त्यसपछि चुनावी अभियानका क्रममा केन्द्रबाट खटिएका केन्द्रीय प्रतितनिधिहरुले पनि जिल्लामा पार्टीको अवस्थाबारे रिपोर्टिङ गर्नेछन् ।
यस्तै, बैठकमा आसन्न चुनावमा गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा सैद्धान्तिक निर्णय पनि गरिने बताइएको छ।