• बैशाख २२ २०८३, मंगलवार

बोहराटारमा पौडेल समूहको छुट्टै भेला शुरु

चैत्र ११ २०७८, शुक्रबार

काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको भेला सुरु भएको छ। बोहराटारस्थित पौडेल निवासमा उक्त समूहको भेला सुरु भएको हो।

शुक्रबार दिउँसो बस्ने पाटीको केन्द्रीय कार्यसमितिको बैठकका लागि तय गरिएको एजेन्डाका बारेमा छलफल गर्न वरिष्ठ नेता पौडेलले आफूनिकट नेताहरूको बैठक बोलाएका हुन्।

केन्द्रीय कार्यसमिति बैठकका एजेन्डाबारे साझा धारणा बनाउन भेला बोलाइएको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिएका छन्।

भेलामा पूर्वमहामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्यसमेत रहेका कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू, केन्द्रीय सदस्य दीपक गिरी पनि भेलामा सहभागी छन्।

यस्तै पूर्वकेन्द्रीय सदस्य दिलबहादुर घर्ती, सांसद मोहन पाण्डेय, बाजुरा सभापति रामसिंह रावल, तनहुँ सभापति जितप्रकाश आले, पाल्पा सभापति हिमाल श्रेष्ठ पनि बोहराटार पुगेका छन्।

भेलामा सिन्धुपाल्चोकका निवर्तमान सभापति विकास लामा पनि धादिङका निवर्तमान सभापति रमेश धमला, कास्कीका निवर्तमान सभापति कृष्ण केसी, बागमती प्रदेशका महामन्त्री किरणबाबु श्रेष्ठलगायत नेताको उपस्थिति रहेको छ भने शेखर कोइराला र प्रकाशमान सिंह अनुपस्थित भएका छन्।