कास्की । कास्की जिल्ला अदालतको परिसरभित्र अनाधिकृत प्रवेश गरी तोडफोड गरेकोअभियोगमा एक जना युवक पक्राउ परेका छन् ।
पोखरा महानगरपालिका १५ टुटुङ्गा बस्ने २७ वर्षीय अर्जुन परियार (दावा) लाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका ६ बैदामस्थित उक्त अदालतमा बुधबार राति प्रवेश गरी १ नम्बर इजलास र ६ नम्बर इजलासको कोठाको ढोकामा लगाएको ताला फोडिएको अवस्थामा रहेको घटनामा संलग्न रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो ।