काठमाडौँको कलंकीमा कारले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा चालकसहित ६ जना घाइते भएका छन्।
बिहीबार कालीमाटीबाट कलंकीतर्फ आउँदै गरेको बा ५ च ५४४० नम्बरको कारले रोकिराखेको स्कुटर र गुडिरहेको मोटरसाइकललाई ठक्कर दिँदा २ चालक र ४ पैदलयात्रु घाइते भएको महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीले जनाएको छ।
घाइते हुनेहरुमा नुवाकोट घर भई कलंकी १४ मा बस्दै आएका भाइकृष्ण सिटौला, चन्द्रागिरी नगरपालिका १४ नैकापमा बस्ने ४२ वर्षीय अच्युत कार्की, काठमाडौं तारकेश्वर नगरपालिका ३का ५२ वर्षीय चन्द्र बहादुर लिम्बु, तारकेश्वर ३ का ३६ वर्षीय देवराज फुयाल, कैलाली घर भई अहिले काठमाडौंको नयाँ बजार बस्दै आएका २६ वर्षीय महेश जैसी र ओखलढुंगाकी २६ वर्षीय मनिशा कार्की रहेका छन्।
उनीहरुको कलंकीस्थित सहिद मेमोरियलम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।