काठमाडौँ। काठमाडौंको शंखमूलमा एक युवकमाथि खुकुरी प्रहार गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
मंगलबार ललितपुरको महालक्ष्मीथान बस्ने २५ वर्षीय सुरज खड्कामाथि ८/९ जनाको समूहले खुकुरी प्रहार गरेको थियो। महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई उपत्यकाकाविभिन्न ठाउँबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा रामेछापको मन्थली नगरपालिका १३ का १९ वर्षीय राजेश बुढाथोकी, दोलखाको नाम्दु गाउँपालिका ६ का ३४ वर्षीय रोशन लामा, भक्तपुरको मध्यपुरठिमीका २३ वर्षीय पुकार केसी, सिन्धुपाल्चोकको बतासे गाउँपालिका ९ का २३ वर्षीय प्रविण नेपाल र रामेछापको खाँडादेवी गाउँपालिका ३ का २७ वर्षीय संजिव मोक्तान रहेका छन् ।
उनीहरुबीच आर्थिक कारोबार र प्रेम सम्बन्धि विषयमा बिबाद हुँदा खुकुरी प्रहार गरेको खुलेको छ।
पक्राउ परेका ५ जनालाई कारबाहीका लागि महानगरीय प्रहरी वृत्त बानेश्वरको हिरासतमा राखिएको छ।