काठमाडौँ। नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा नेकपा एमाले प्रवेश गरेका छन्। बिहीबार एमाले केन्द्रीय समिति बैठकमा अध्यक्ष ओलीको हातबाट टीका लगाउँदै उनी एमाले प्रवेश गरेका हुन्।
माओवादी केन्द्रका पछिल्ला गतिविधिबाट असन्तुष्ट रहेको बताएका उनले मंगलबार पार्टीबाट राजीनामा दिएका थिए।
उनीसँगै माओवादी केन्द्रबाट गएको स्थानीय तहको निर्वाचनमा उपमेयर लडेकी सीता चौधरी पनि एमाले प्रवेश गरेकी छन् ।