• बैशाख २३ २०८३, बुधबार

लेटाङमा लगाइएको कर्फ्यू खुकुलो बनाइयो

चैत्र ८ २०७८, मंगलवार

विराटनगर ।  मोरङको लेटाङमा सोमवारदेखि लगाइएको कर्फ्यू खुकुलो बनाइएको छ ।

आइतवार साँझ महिला प्रहरीको ज्यान जाने गरी भएको आन्दोलनपछि कर्फ्यू लगाइएको कर्फ्यू लेटाङ नगरपालिकाले सर्वदलीय बैठक राखेर कर्फ्यू खुकुलो बनाउन सहजीकरण गरिदिन आग्रह गरेर जिल्ला प्रशासन कार्यालय मोरङलाई पत्र पठाएको थियो ।

जिल्ला सुरक्षा समितिको मंगलवार बसेकाे बैठकपछि  कर्फ्यू खुकुलो बनाइएको हो । बिहान १०-४ बजेसम्म र साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी (सीडीओ) काशिराज दाहालले बताए ।

सोमवार बिहान ७ बजेदेखि अर्को निर्णय नहुञ्जेलसम्मका लागि भन्दै लेटाङका ४ वटा वडामा जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यू आदेश जारी गरेको थियो । छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोप लागेका शिक्षकलाई कालोमोसो दलेर गाउँ घुमाउने माग राख्दै स्थानीय तथा विद्यार्थीले आन्दोलन गरेपछि विवाद चर्किएको हो ।