डोटी । डोटीबाट कैलाली जाँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटना हुँदा बसमा सवार २२ जनामध्ये ४ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ।
डोटीको घाङगलबाट कैलालीको जोशीपुरका लागि छुटेको ना ४ ख ३६०७ नम्बरको बस बडीकेदार गाउँपालिका वडा नं-१ अलाडीमा दुर्घटना भएको हो। घाइते ४ जनालाई उपचारका लागि धनगढी पठाइएको इलाका प्रहरी कार्यालय विपीनगरका प्रहरी निरीक्षक मोहन साउदले बताए।
बस दुर्घटनाका कारण भने खुल्न सकेको छैन भने घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।