काठमाडौं । स्थानीय तह चुनावमा उठ्नको लागि एक एसएसपीले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्द शाहले राजीनामा दिएका हुन् । प्रहरीबाट राजिनामा दिएर शाह राजनीतिमा होमिएका हुन्।
शाह २०४९ चैतमा प्रहरी निरीक्षकको रुपमा नेपाल प्रहरीमा प्रवेश गरेका थिए। २९ वर्ष प्रहरी सेवामा काम गरेर आफ्नो एसएसपीबाट राजीनामा दिएका शाह आउँदो वैशाख ३० गतेका लागि तय स्थानीय चुनावमा उठ्नको लागि प्रहरी सेवाबाट अलगिएका हुन्।
शाहले नेपाली कांग्रेसको तर्फबाट मेयरमा उम्मेदवारी दिने तयारी भएको बताइएकाे छ । शाह धनुषाको विदेह नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने तयारीमा जुटेका छन्। यतिबेला उनी आफ्नो निर्वाचन क्षेत्रमै रहेर चुनावी तयारीमा जुटिरहेका छन्।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार एसएसपी साहले दिएको राजीनमा गत फागुन १० गते स्वीकृत समेत भइसकेको छ ।