• बैशाख २३ २०८३, बुधबार

रोल्पाको परिवर्तन गापामा मेलमिलाप तालिम सुरु

चैत्र ७ २०७८, सोमबार

रोल्पा जिल्लाको परिवर्तन गाउँपालिकामा 48 घन्टे मेलमिलाप सम्बन्धि आधारभूत तालिमको उद्घाटन गरिएको छ ।  देश सङ्घीय संरचना गएपछि स्थानीय सरकारलाई दिएका २२ वटा आधिकारहरुमध्ये मेलमिलाप पनि पर्दछ ।

त्यसैअनुसार जनसमुदायको आर्थिक, राजनैतिक र सामाजिक चेतनाको आधारमा मेलमिलापका माध्यमबाट जनतालाई न्याय दिने बारेमा जानकारी दिनु यो तालिमको उद्धेश्य रहेको छ । चैत्र ६ गतेबाट तालिम सुरु भएको छ ।

उक्त तालिम उद्घाटन कार्यक्रम गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक हितकुमारीको अध्यक्षतामा सुरु भएको थियो । परिवर्तन गापाका अध्यक्ष निमकान्त डाँगीको प्रमुख आतिथ्य र वडाअध्यक्षको आतिथ्यता रहेको तालिममा प्रत्यक वडाबाट ३ देखि ४ जनाका दरले सहभागिता रहेको छ ।

तालिम दिन केन्द्रबाट गापाको सहजीकरणमा बिजि घिमेरे र पारखी माईला तामाङ्ग उपस्थित हुनुहुन्छ । तालिम ८ दिनसम्म चल्ने झन्कार बुढाले जानकारी दिएका छन् ।