काठमाडाैं । सर्वोच्च अदालतमा निर्वाचन आचार संहिताविरुद्ध रिट दायर गरिएको छ ।
आगामी निर्वाचनमा उम्मेदवार हुनका लागि अहिलेका जनप्रतिनिधिले राजीनामा दिएपछि मात्रै उम्मेदवार हुन पाउने व्यवस्था निर्वाचन आचारसंहितामा राखिएकोले यो बुँदा तत्काल हटाउन भन्दै जनप्रतिनिधिले रिट दायर गरेका हुन ।