काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाई लैजान लागेको विदेशी मुद्रा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-१३ बस्ने गोरखा बोर्लाङ-८ घर भएकी २३ वर्षीया रन्जिता श्रेष्ठलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उनले १९ हजार ६ सय अष्ट्रेलियन डलर र ४२ अमेरिकी डलर अवैध रुपमा लुकाई लैजान लागेको प्रहरीले जनाएको छ।
कतार एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दोहा हुँदै अष्ट्रेलिया जान लागेकी श्रेष्ठले ल्याएको व्यागेज विमानस्थलमा खटिएको प्रहरीले एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उक्त मुद्रा फेला पारी उनलाई नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।