काठमाडौं । गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणसंग सङ्घीय लिम्बुवान पार्टी नेपालको प्रतिनिधिमण्डलले भेट गरेको छ ।
भेटमा प्रतिनिधिमण्डलले विभिन्न समयमा पक्राउ गरेका आफ्ना नेता तथा कार्यकर्ता रिहाइ तथा लागेका मुद्दा फिर्ताका लागि गृहमन्त्री खाँणसंग अनुरोध गरेका छन् ।
पार्टी महासचिव सूर्य माखिम, उपमहासचिव विक्रम सुब्बा, पार्टीका जिल्ला इलाम अध्यक्ष शरण फागोलगायतको लिम्बुवानको प्रतिनिधिमण्डल रहेको थियो ।