• बैशाख २३ २०८३, बुधबार

मकवानपुरमा बस दुर्घटना : २ जनाको मृत्यु, ९ घाइते

चैत्र ४ २०७८, शुक्रबार

मकवानपुरमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

मृत्यु हुनेमा नुवाकोट तारकेश्वर नगरपालिका-४ का २२ वर्षीय सुवास श्रेष्ठ र सोही ठाउँका २९ वर्षीय शम्भु दराई मगर रहेका छन्।

हेटौंडाबाट चितवन जाँदै गरेको बा४ख ४४५४ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान पौने ९ बजे मनहरी नगरपालिका-६ मा दुर्घटना भएको हो।
घाइतेहरूलाई उपचारका लाथि चितवनस्थित अस्पताल पठाइएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।