• बैशाख २३ २०८३, बुधबार

नेपालमा अमेरिकी सेना आउने कुरा भ्रम हो : गृहमन्त्री खाँण

चैत्र ३ २०७८, बिहीबार

कपिलवस्तु । गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी परियोजनाअन्तर्गत नेपालमा अमेरिकी सेना आउने कुरा भ्रम भएको बताएका छन् ।

कपिलवस्तुको वाणगङ्गा नगरपालिका जितपुरमा १२औँ कपिलवस्तु महोत्सवको उद्घाटन कार्यक्रममा गृहमन्त्री खाँणले नेपालमा अमेरिकी सेना आउने भ्रम रहेको भन्दै उनले कुनै पनि देशको सेना आए आफू अग्रपङ्क्तिमा बसेर लड्नसमेत तयार रहेको बताए।

एमसीसी परियोजना विद्युत् र सडकको परियोजना रहेको स्पष्ट पार्दै उनले जलस्रोतको धनी मुलुक नेपालमा ठूला र साना गरी छ हजार नदी भए पनि पूर्णरूपमा जलविद्युत् उत्पादन गर्न नसकेको बताए।

“वर्षायाममा धेरै विद्युत् उत्पादन भई खेर जाने समस्या छ, हिउँदमा नपुगेर भारतबाट ल्याउनु परेको छ”, उनले भने, “नेपालमा उत्पादन भएको विद्युत् बाहिर बिक्री गर्न सकिए व्यापार घाटा कम हुन्छ।”