• बैशाख २३ २०८३, बुधबार

होली खेल्ने क्रममा घरको छतबाट खसेर एक जना किशोरी गम्भीर घाइते

चैत्र ३ २०७८, बिहीबार

काठमाडौं ।  बौद्धमा होली खेल्ने क्रममा घरको छतबाट खसेर एकजना किशोरी गम्भीर घाइते भएकी छन् ।

घरको दोस्रो तलाबाट खसेर सिन्धुपाल्चोककी विनिता चौलागाईं घाइते भएकी महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिए ।

उनको नेपाल मेडिकल कलेज जोरपाटीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।