काडमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले प्रकास सपुतको ‘पिर’ गीत उनले नल्याएको बताएका छन् ।
बिहीबार बुटवलमा आयोजित लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा उनले सपुतले ल्याएको ‘पिर’ गित उनले नल्याइ साम्राज्यवादी शक्तिले ल्याएको आरोप लगाएका हुन् ।
चुनावको मुखमा प्रकाश सपुतले जुन गीत बजारमा ल्याए त्यो गीत उनले ल्याएको नभई माओवादी सिध्याउन सकिन्छ भन्ने गुरुयोजनाका साथ साम्राज्यवादी शक्तिले ल्याएको महराको भनाई रहेको छ ।
उनले आफूहरु विगतदेखि नै साम्राज्यवादी शक्तिले दलदलमा फसाउन खोजेको तर त्यो दलदलबाट निस्केर आएको बताए ।