काठमाडौँ।डेरी उद्योग तथा पसलहरुले दूधमा जथाभावी सोडा, चिनी, साल्टहरुको प्रयोग गरेर बिक्री गरेको पाइएमा सरकारले कारबाही गर्ने भएको छ ।
बिहीबार काठमाडौंमा भएको दुग्ध पदार्थको गुणस्तर तथा स्वच्छता सम्बन्धि अन्तक्र्रिया कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रक विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले यस्तो चेतावनी दिएकी हुन्।
कार्यक्रममा बोल्दै विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले डेरी पसलहरुमा विना लेभलका दही, पनिर लगायतका उत्पादन बिक्री बितरण भएको बताइन् । उनले विना लेभलका दुग्धजन्य वस्तुहरु उत्पादन गर्दा गुणस्तरको सुनिश्चिता नदेखिने बताइन् । महानिर्देशक वैधेले विगतमा डेरी उद्योग तथा पसलहरु जथाभावी रुपमा सोडा, चिनी, साल्टहरु प्रयोग भइरहेको पाइएकाले यस्तो खालको अवैधानिक कामहरु गरेको भेटिएका कारबाही गर्ने बताइन् ।
महानिर्देशक वैधेले दुग्ध जन्य पदार्थमा गुणस्तर कायम गर्ने ऐन परिमार्जन गर्नु पर्ने भएकाले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक राष्ट्रिय सभाबाट पास भएको बताइन् । उनले अब छिटै प्रतिनिधि सभाबाट यो विद्येयक पास हुने तयारीमा रहेको बताइन् ।