काठमाडौँ। नेकपा माओवादी केन्द्रले चितवन जिल्लाको इन्चार्जमा रेनु दाहाल र संयोजकमा आरसी अधिकारीलाई चयन गरेको छ।
बिहीबार माओवादी केन्द्रको बागमती प्रदेश समितिले दाहाललाई इन्चार्ज र आरसी अधिकारीलाई जिल्ला संयोजकको जिम्मेवारी दिएको हो ।
इन्चार्जको जिमेवारी पाएकी दाहाल केन्द्रीय सदस्य एवं भरतपुर महानगर पालिकाकाकी मेयर हुन् भने संयोजकअधिकारी विद्यार्थी राजनीतिबाट आएका हुन्।
यस्तै अन्य पदाधिकारी भने टुंगिन बाँकी रहेको बताइएको छ।