• बैशाख २३ २०८३, बुधबार

जलविद्युतको प्रयोग बढाउन ऊर्जामन्त्री भुसालको आग्रह

चैत्र २ २०७८, बुधबार

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलविद्युतको उपयोग बढाउन आग्रह गरेकी छिन् ।

मन्त्री भुसालले डिजेल, पेट्रोल, खाना पकाउने एलपी ग्यास जस्ता जैविक इन्धनको प्रयोगलाई कम गर्दै आफ्नै देशमा उत्पादन भएको जलविद्युतको प्रयोगलाई बढाउन सबैमा आग्रह गरेकी हुन्। ।

मधेश प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय र मधेशी शहीद प्रतिष्ठानले आज वीरगञ्जमा आयोजना गरेको शहीद परिवारको सम्मान तथा चेक हस्तान्तरण कार्यक्रममा मन्त्री भुसालले जैविक इन्धनको प्रयोगले पर्यावरणलाई ठूलो नोक्सानी भएको उल्लेख गरेकी थिइन्  ।

नेपालको ठूलो धनराशि इन्धनको आयातमा खर्च हुने गरेकाले आफ्नै देशमा उत्पादन भएको बिजुलीको उपयोग गर्न उनले आग्रह गरेकी छिन्।