• बैशाख २२ २०८३, मंगलवार

गठबन्धनको आश गरेर चुनाव जित्ने सोंच दिमागबाट हटाऔं : प्रचण्ड

चैत्र २ २०७८, बुधबार

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन गरेरमात्र चुनाव जित्न नसकिने बताएका छन्।

माओवादी केन्द्रको उपत्यका विशेष समन्वय समिति, सम्पर्क समन्वय समिति र प्रवास समन्वय समितिको बुधबार आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले गठबन्धनको आश गरेर चुनाव जित्ने सोंच नराख्न पार्टीपंक्तिलाई आग्रह गरे।

प्रचण्डले भने, ‘गठबन्धनको आश गरेर चुनाव जितौला र खाउँला भन्ने दिमागबाट हटाइदिनुस्। आफ्नै खुट्टामा, आफ्नै तागतको बलमा चुनाव जित्छौं भन्ने आत्मविश्वासको साथ हामी अगाडि बढ्नुपर्छ।’

सबैभन्दा पहिला आफ्नै खुट्टामा उभिएर निर्वाचन जित्ने माओवादी नीति भएको उनको भनाइ छ।