• बैशाख २२ २०८३, मंगलवार

प्रधानमन्त्री देउवा, गृहमन्त्री खाँण र प्रकाण्डबीच भेटवार्ता

चैत्र २ २०७८, बुधबार

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग विश्वकर्मा प्रकाण्डले आज प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणसँग भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान भएको भेटमा पूर्ववर्ती सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन सम्बन्धी बन्दी रिहा गर्ने र नेता कार्यकर्ताको मुद्दा खारेजीको विषयमा छलफल भएको छ।

त्यस्तै भेटमा रिहा हुन बाँकी रहेका बन्दीहरूलाई र मुद्दा खारेज हुन बाँकी रहेका विषयलाई छिट्टै टुङ्ग्याउने सहमति पनि भएको  बताइएको छ।