• बैशाख २३ २०८३, बुधबार

म्यादी प्रहरीको भर्ना खुल्यो,चैत ६ गतेदेखि ११ गतेसम्म आवेदन दिन सकिने

चैत्र १ २०७८, मंगलवार

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलेको छ।

प्रहरी प्रधान कार्यालयले मंगलबार एक लाख जना म्यादी प्रहरीका लागि चैत ६ गतेदेखि ११ गतेसम्म कार्यालय समय (बिहान १० बजेदेखि साँझ ५ बजेसम्म)मा आवेदन खुलाएको हो ।

म्यादीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीमा २०७८ साउन १ गतेदेखि विभिन्न पदमा भर्नाका लागि आवेदन दिइ शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उतीर्ण भएका व्यक्तिहरु, सुरक्षा निकायमा काम गरी निवृत्तीभरण वा उपदान प्राप्त पूर्व सुरक्षाकर्मी तथा वन रक्षकहरु, विभिन्न देशमा सुरक्षा निकायमा काम गरी सेवा निवृत्त नेपाली नागरिक र विगतका निर्वाचनमा म्यादी प्रहरीको रुपमा काम गरेकाहरुलाई प्राथमिकता दिइने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

चैत १५ देखि म्यादी प्रहरीको छनौट हुनेछ भने अन्तिम नजिता चैत २२ गते प्रकाशित हुनेछ । नतिजा प्रकाशित भएपछि चैत २८ गतेदेखि प्रशिक्षण सुरु हुनेछ।

म्यादी प्रहरीको कार्य अवधि बढीमा ४० दिनको हुनेछ । १८ वर्षदेखि ५४ वर्षसम्मका व्यक्तिहरुले ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट आवेदन दिन सक्नेछन् ।