काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेस सहभागी नभए वाम गठबन्धन हुनसक्ने बताएका छन् ।
गोरखा अस्पतालको नवनिर्मित भवनको उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खतिवडाले वर्तमान गठबन्धनको निरन्तरता आफूहरुको पहिलो प्राथमिकताको विषय भएको उल्लेख गरेका हुन् । देशको राजनीतिक आवश्यकताले कांग्रेससँगको वर्तमान गठबन्धन निर्माण भएको उल्लेख गर्दै उनले निर्वाचनसम्म यसैलाई निरन्तरता दिएर अघि बढ्नुपर्नेमा आफूहरुको जोड रहेको बताए।
संविधानको रक्षाका लागि गरिएको गठबन्धनमा कांग्रेस सहभागी नभए वाम गठबन्धन हुन सक्ने तर एमालेसंग भने गठबन्धन हुन नसक्ने मन्त्री खतिवडाले बताए ।
उनले भने “अहिलेको मुख्य आवश्यकता र प्राथमिकता कांग्रेससहितको गठबन्धन नै हो”, उनले भने, “यदि कांग्रेस गठबन्धनमा नजाने परिस्थिति आए वाम गठबन्धन हुन्छ।”