• बैशाख २२ २०८३, मंगलवार

नेकपा एमालेको सचिवालय बैठक शुरु

चैत्र १ २०७८, मंगलवार

काठमाडौँ। नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ। बैठक एमाले अध्यक्ष ओली निवास बालकोटमा केहीबेरअघि शुरु भएको हो।

बैठकमा अहिलेसमम्मको कामको रिपोर्टिङ हुने र आगामी रणनीति तय गर्नेबारे छलफल हुँदैछ।

त्यस्तै, पार्टी प्रवेशको अभियान कसरी व्यवस्थित गर्ने भन्नेमा छलफल हुने र चुनावी घोषणा पत्रको जिम्मा दिइने बताइएको छ।

७ गते बस्ने पोलिटब्युरो र ९ गते बस्ने केन्द्रीय कमिटी बैठकको तयारीका लागि समेत आज बैठक बसेको हो।