• बैशाख २२ २०८३, मंगलवार

राष्ट्रपति भण्डारी र साउदी अरबका विदेशमन्त्रीबीच भेटवार्ता

चैत्र १ २०७८, मंगलवार

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारी र साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदबीच भेटवार्ता भएको छ।

मंगलबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति भण्डारी र अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदबीच भेटवार्ता भएको हो ।

भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।