काठमाडौँ। सवारीचालक अनुमतिपत्रको अनलाइन आवेदन चैत १ देखि बन्द हुने भएको छ। यातायात व्यवस्था विभागले सोमबार एक सूचना जारी गरेर यस्तो जानकारी दिएको हो।
अहिलेसम्म परेका अनलाइन आवेदनको टुंगो लगाउनुपर्ने भएकाले अर्को सूचना जारी नभएसम्म अनलाइन आवेदन बन्द रहने विभागले जनाएको छ ।
