• बैशाख २३ २०८३, बुधबार

सिन्धुलीमा जन्ती बोकेको टिपर दुर्घटना : २ को मृत्यु, २४ जना घाइते

फाल्गुन ३० २०७८, सोमबार

काठमाडौँ। सिन्धुलीको दुधौली नगरपालिका-५ ठाकुरखोलामा जन्ती बोकेको टिपर पल्टिँदा दुई जनाको मृत्यु भएको छ। २४ जना घाइते भएका छन् ।

आइतबार बेलुका सवा ८ बजे ना ३ ख ७४९० नम्बरको टिपर अनियन्त्रित भइ पल्टिँदा उदयपुरको कटारी नगरपालिका-२ का १९ वर्षीय दिपेन्द्र कुमर र २४ वर्षका अजय दनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते २४ जनामध्ये चार जनाकाे अवस्था गम्भीर रहेकाे छ । उनीहरुलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । अन्य घाइतेको भने सिन्धुली, कटारी र विराटनगरका अस्पतालमा उपचार भइरहेको बताइएको छ। टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

बेहुला र बेहुली अर्कै गाडीमा भएकाले सुरक्षित रहेको प्रहरीले जनाएको छ ।