• बैशाख २३ २०८३, बुधबार

मलेसियाको लागि श्रम स्वीकृति खुल्याे

फाल्गुन २९ २०७८, आईतवार

काठमाडौं ।  सरकारले नेपाली श्रमिकको प्रमुख गन्तव्य देश रहँदै आएको मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति दिन पुन: सुरु गर्ने निर्णय गरेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्ने कार्य करिब दुई वर्षदेखि रोकिएकोमा प्रचलित कानुन अनुसार पुन: सुरु गर्ने मन्त्रीस्तरीय निर्णय गरेको हो।

मित्रराष्ट्र मलेसिया सरकारबाट नेपालीलाई प्राप्त रोजगारीको अवसर गुम्न नदिन प्रचलित वैदेशिक रोजगार ऐन, २०६४ तथा नेपाल-मलेसिया श्रम सम्झौता प्रतिकुल नहुने गरी नेपाली कुटनीतिक नियोगबाट प्रमाणीकरण भई आएका मागपत्रलाई श्रम स्वीकृति दिने निर्णय भएको छ।

कोरोना महामारीका कारण सन् २०२० मार्चदेखि मलेसिया सरकारले विदेशी कामदार नलिने निर्णय गरेपछि नेपाली श्रमिकहरु जान पाएका थिएनन्। तर गएको जनवरी २८ तारिखदेखि मलेसियाले विभिन्न मापदण्डसहित विदेशी श्रमिकको भर्ना प्रक्रिया सुरु गरेको थियो।