काठमाडौँ। काठमाडौँको मनामौजुबाट तास खेलिरहेको अवस्थामा १ लाख ९ हजार भन्दा बढी रकमसहित १० जना ‘जुवाडे’ पक्राउ परेका छन्।
तारकेश्वर नगरपालिका-९ मनमैजुस्थित जगत डंगोलको घरमा तास खेलिरहेको अवस्थामा उनीहरु गएराती पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा बागलुङ खुङ्ला गाउँपालिका-८ घर भएका ३९ वर्षीय युवराज कँडेललगायत १० जना छन्।
उक्त घरमा जुवातास खेलिरहेको सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई नगद १ लाख ९ हजार ७ सय ४५ रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।