काठमाडौं । नेपाली कांग्रेस अछामले जिल्लाका १० वटै पालिकामा ‘घर–घर जाम, कांग्रेस जिताम’ अभियान सञ्चालन गर्ने भएको छ । आज सदरमुका मंगलसेनबाट कार्यक्रमको सुभारम्भ गरी जिल्लाव्यापी अभियान सञ्चालन गरिने जनाइएको छ ।
ग्रेस जिल्ला सभापति पुष्पबहादुर शाहका अनुसार अभियान सञ्चालनका लागि तालिका नै तय भएको छ ।
आज मंगलसेन नगरपालिका, ५ चैतमा तृर्माखाद गाउँपालिका, ६ मा ढकारी गाउँपालिका, ७ मा कमलबजार नगरपालिका, ८ मा पञ्चदेबल बिनायक नगरपालिका, ९ मा रामारोशन गाउँपालिका, १० मा वान्नीगढी जयगढ गाउँपालिका, ११ मा मेल्लेख गाउँपालिका, १२ मा चौरपाटी गाउँपालिका र १३ मा साँफेबगर नगरपालिकामा कार्यक्रम गरिने छ ।