• बैशाख २२ २०८३, मंगलवार

पार्टीले एमसिसी अनुमोदन नगरे राजीनामा दिन्छु : प्रचण्ड

फाल्गुन २९ २०७८, आईतवार

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसिसी पार्टीबाट अनुमोदन नभए अध्यक्ष पदबाट राजीनामा दिने बताएका छन्।

आइतबार विराटनगर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले एमसिसी अनुमोदन हुन नसके आफू पदमा बसि नरहने बताएका हुन्।

पार्टीभित्र विवादमा परेको एमसिसीबारे छलफल गर्न माओवादीले जेठ २० गतेको लागि केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

‘एमसीसीको बारेमा हाम्रो विवाद बहस लामो समय चल्यो । सार्वभौम प्रतिनिधि सभाले पारित गरिसकेपछि एउटा सोलुसन निस्केको छ । हामीले स्थानीय तहको चुनावपछि यसबारे निर्णय गर्ने भनेका छौं,’ प्रचण्डले भने ।

पत्रकार सम्मेलनमा नेता नारायणकाजी श्रेष्ठ पनि सँगै थिए ।