काठमाडाैं । टर्कीको अन्तालियामा रहेका परराष्ट्रमन्त्री डा नारायण खड्का र संयुक्त अरब इमिरेट्स (युएई)का अर्थमन्त्री अब्दुल्ला बिन तक अल मारीबीच द्विपक्षीय भेटवार्ता भएको छ ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अन्तालिया कूटनीति मञ्चमा भाग लिन पुगेका दुवै देशका मन्त्रीले द्विपक्षीय सम्बन्ध र आपसी सहयोगका महत्वपूर्ण पक्षहरूको समीक्षा गर्नाका साथै दुई मुलुकबीच व्यापार र लगानीका अवसरलाई थप विस्तार गर्नबारे विचारविमर्श गरेका थियो ।
आजै परराष्ट्रमन्त्रीले ५० भन्दा बढी देशका परराष्ट्रमन्त्री र नीति निर्माता तथा विज्ञहरूको सहभागितामा ‘लोकतान्त्रिक शासन र सुरक्षा’ तथा ‘दिगो क्षेत्रीय विकासका लागि नयाँ एशिया’ विषयमा भएका दुई बेग्लाबेग्लै सत्रलाई सम्बोधन गर्दै समसामयिक क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दा केन्द्रित रहेर नेपालका धारणा प्रस्तुत गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।