मोरङ । मोरङको सुन्दरहरैंचामा अचेत अवस्थामा भेटिएकी २१ महिने नाबालिकाको आज (शनिबार) बिहान मृत्यु भएको छ।
सुन्दरहरैंचा-७ की नाबालिकाको हिजो(शुक्रबार) अपरान्ह ४ बजे हराएकी थिइन् । पाँच बजेतिर घर नजिकैको घारीमा अचेत अवस्थामा फेला परेकी थिइन्।
घरबाट हराएकी बालिकालाई खोजी गर्ने क्रममा घारीमा फेला पर्दा बालिकाको अवस्था नाजुक थियो।
सुन्दरहरैंचा-७ का वडाध्यक्ष चैतन्य सिटौलाका अनुसार ती बालिका रक्ताम्य अवस्थामा फेला परेकी थिइन्।
‘बालिकाको यौनाङ्ग रक्ताम्य अवस्थामा भेटिएपछि विराटनगरको नोबेल अस्पतालमा उपचारका लागि लगिएको थियो,’ सिटौलाले भने, ‘उपचारका क्रममा आज बिहान मृत्यु भयो।’
उनले बालिकाको अवस्था हेर्दा बलात्कार भएको हुन सक्ने अनुमान रहेको बताए। प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।