• बैशाख २२ २०८३, मंगलवार

गठबन्धनको सरकार अदालतले बालुवामा खोस्रेर राखेको नक्कली मुला हो, उखेलेर मिल्काइदिन्छौं : ओली

फाल्गुन २८ २०७८, शनिबार

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई बालुवामा राखिएको नक्कली मुलाको संज्ञा दिएका छन् ।

शनिबार नेपाल निजामति कर्मचारी संगठनकोराष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘गठबन्धनको सरकार बालुवामा राखेको नक्कली मुला हो । हल्लाउनु पनि पर्दैन, त्यसैले फुक्लुक्क निस्कन्छ,’ उनले भने, ‘अदालतले बालुवामा खोस्रेर राखिदिएको जरो नभएको मुलालाई जनताको अभिमतबाट उखेलेर मिल्काइदिन्छौं ।’