• बैशाख २२ २०८३, मंगलवार

मुलुकमा भ्रष्टाचारको डढेलो लागेको छ : नेता पहारी

फाल्गुन २८ २०७८, शनिबार

कास्की । गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीले मुलुकमा कुशासन र भ्रष्टाचारको डढेलो नै लागेको बताएका छन् ।

शुक्रबार गण्डकी प्रदेश सभाको विशेष समयमा बोल्दै पहारीले केपी शर्मा ओली सरकारले बसालेको थितिलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले बेथितिमा परिणत गरेको आरोप लगाए ।

सभा आफ्ना भनाई राख्दै प्रदेश सांसद पहारीले विदेशीहरूसँग भिख मागेर भन्दा पनि देशभित्रै उत्पादन र उत्पादकत्व बढाउनेतिर जोड दिनुपर्ने बताए ।

साथै उनले व्यवसायमैत्री वातावरण सिर्जना गरेर मात्रै देशलाई समृद्ध बनाउन सकिने धारणा पनि व्यक्त गरे । उनले झण्डावाल गाडी देखाएर भन्दा पनि जनतालाई विकासको अनुभूति गराएर आफ्नो दायित्व पूरा गर्न प्रदेश सरकारलाई आग्रह गरे ।

बस्ती र टोलमा मात्र होइन, सिङ्गो मुलुकमा आगो मात्र लागेको होइन डढेलो लागेको उनको विचार रहेको छ ।

‘भ्रष्टाचारको डढेलो लागेको छ, कुशासनको डढेलो लागेको छ, विकृति विसंगतिको डढेलो लागेको छ, मूल्यवृद्धिको डढेलो लागेको छ । यो कुरा मैले भनेको होइन, तथ्यांकले बताएको छ, प्रदेश सांसद पहारीले भने,‘हिजो केपी ओली प्रधानमन्त्री हुँदा व्यापार ६.३ प्रतिशतले घटेको थियो । निर्यात ७ प्रतिशतले वृद्धि भएको थियो, आर्थिक वृद्धिदर लगातार तीन वर्षसम्म ७ प्रतिशत भन्दा माथि थियो ।

https://www.facebook.com/watch/?v=379505670348989