• बैशाख २२ २०८३, मंगलवार

एमसिसी टेण्डरका लागि तयार रहन प्रधानमन्त्री देउवाको आग्रह

फाल्गुन २७ २०७८, शुक्रबार

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी पारित भइसकेपछि अब यस अन्तर्गत हुने पूर्वाधार निर्माणको ग्लोबल टेण्डरमा सहभागी हुन नेपालका निर्माण व्यवसायीलाई आह्वान गरेका छन् ।

शुक्रबार नेपाल निर्माण व्यवसायी महासंघको साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अमेरिकी कानुन अनुसार अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गराउनुपर्ने बाध्यता रहेको बताए । देउवाले नेपालका निर्माण व्यवसायीले पनि यसमा भाग लिन आग्रह गरे ।

देउवाले भने, ‘एमसिसीमा ग्लोबल बिडिङ हुन्छ, नेपालको ठेकेदारले पनि प्रतिस्पर्धा गर्नुस्, सफल हुनुस् । म सबैभन्दा बढी खुशी हुनेछ । अन्तर्राष्टिय बिडिङ हुन्छ, यसमा संसारका जो पनि आउन सक्छ ,चीन र भारतका आउन सक्छन् । नेपालका तपाईहरुहरु पनि धेरैभन्दा धेरै सहभागी हुनुस् ।’

त्यस्तै, प्रधानमन्त्री देउवाले निर्माण व्यवसायीलाई सहज बनाउन सार्वजनिक खरिद नियमावली संशोधन गरेको समेत बताए ।