• बैशाख २३ २०८३, बुधबार

प्रतिबन्धित भारतीय रूपैयाँ सहित २ जना पक्राउ

फाल्गुन २७ २०७८, शुक्रबार

काठमाडौँ। नेपालमा प्रतिबन्धित २ हजार र ५ सय दरको भारतीय नोट सहित २ जना थाई नागरिक पक्राउ परेका छन्। अवैध रूपमा लुकाई छिपाई लैजान लागेको २ हजार दरको ४ थान र ५ सय दरको ५७३ थान गरी जम्मा २ लाख ९४ हजार ५ सय भारतीय रूपैयाँ सहित २ जना थाई नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ३२ वर्षीया वाङविसा जान्टासन र ४१ वर्षीया वारापर्न खुन्सोबट रहेका छन्।

भिस्टारा एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट भारतको दिल्ली जान लागेका उनीहरूलाई एक्सरे मेसिनमा प्रहरीले जाँच गर्ने क्रममा उक्त प्रतिबन्धित भारतीय रूपैयाँ फेला पारेको हो । उनीहरूमध्ये वाङविसाको साथबाट १ लाख ७९ हजार ५ सय तथा वारापर्नको साथबाट १ लाख १५ हजार भारतीय रूपैयाँ फेला परेको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।