काठमाडौँ। पूर्वी रुकुमको एक ओडारभित्र लुकाई राखेको अवस्थामा करिब एक दर्जन थान सकेट बम फेला परेको छ ।
सिस्ने गाउँपालिका–२ बुर्किसल्लाको जंगलमा रहेको ओढारमा कालो ड्रमभित्र ठूलो उक्त बम फेला परेको रूकुमपूर्व जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बिहीबार दिउँसो ओढारमा प्लास्टिकको ड्रममा लुकाएर राखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । ती बमहरू पुराना रहेकाले युद्वकालमै लुकाएर राखिएको हुनसक्ने प्रहरीले जनाएको छ ।