काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संखुवासभा बस दुर्घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थयलाभको कामना गरेका छन् ।
उनले आज सामाजिक संजालमा लेख्दै दुर्घटनामा ज्यान गुमाउनेहरुको परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका हुन् ।
उनले लेखेका छन् -`संखुवासभा मादी नगरपालिका ६ मा भएको बस दुर्घटनाको खबरले मर्माहित भएको छु । दुर्घटनामा परी ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।
दुर्घटनामा परेर घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै घाइतेहरुको उचित उपचारको प्रवन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छु ।´