• बैशाख २३ २०८३, बुधबार

जगदम्बा स्पिनिङ मिल्समा विद्युत शर्ट भएर आगलागी, ४ करोड रुपैयाँ बराबरको क्षति

फाल्गुन २६ २०७८, बिहीबार

रूपन्देही ।   जगदम्बा स्पिनिङ मिल्स लिमिटेडमा विद्युत शर्ट सर्किट भइ आगलागी हुँदा ४ करोड रुपैयाँ बराबर क्षति भएको छ ।

रूपन्देहीको कमहरियास्थित स्पिनिङ मिल्समा हिजो (बुधबार) आगलागी भएको थियो । उद्योगको टीएफओ मेसिन, विद्युत प्यानल र विद्युतीय तारहरू नष्ट भएको मिल्सले जनाएको छ ।

उद्योगमा कार्यरत ६५० भन्दा बढी कामदार तथा कर्मचारीबीच भागदौड हुँदा पाँचजना कर्मचारी सामान्य घाइते भएका छन् । उद्योगमा सौरभ ग्रुपले ३ अर्ब रुपैयाँ लगानी गरेको जनाएको छ ।