काठमाडौँ। संखुवासभाको मादी नगरपालिका-६ मा बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु भएका १४ जना सबैको पहिचान खुलेको छ।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार मृतक १४ जना र घाइते पाँच जनाको पहिचान खुलेको हो।
खाँदबारीबाट दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस बिहान ७ः४५ बजेतिर संखुवासभाको मादी ६ को सात घुम्तीस्थित सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना भएको थियो।
मृत्यु हुनेहरुमा जिल्ला संखुवासभा मादी ६ बस्ने वर्ष ३२ की अञ्जना कटुवाल, मादी ५ बस्ने वर्ष ४५ का दीपक दाहाल, मादी ६ बस्ने वर्ष ३८ का इन्द्रबहादुर अधिकारी, मादी ४ बस्ने वर्ष ३५ का उमेश भट्टराई (सहचालक) छन्।
यस्तै, मादीकै वडा नम्बर ४ बस्ने वर्ष ३८ का आइतबहादुर तामाङ, सोही ठाउँ बस्ने वर्ष ३५ कि सविता राउत कार्की, मादी ५ का वर्ष ५२ का श्याम शेर्पा, सोही ठाउँ बस्ने वर्ष ५५ का भवानी दाहाल, मादी ६ वर्ष ५ की दीक्षा कटुवालको मृत्यु भएको छ।
यस्तै, मादी–४ का वर्ष ६० को बलबहादुर कार्की, ताप्लेजुङकी ३१ वर्षीया समिक्षा योञ्जन, समिक्षाका छोरा वर्ष का सुदिप घिसिङ र तेह्रथुम औशीडाँडा बस्ने वर्ष ३० का विपिन निरौला (चालक तथा सवारी धनी) को पनि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
यस्तै घाइतेहुनेहर पाँचै जना संखुवासभाकै छन्।
जसमा मादी–४ बस्ने वर्ष २४ का सुभाष गोले, मादी ६ बस्ने वर्ष २२ की तुलसा कटुवाल, मादी ६ बस्ने वर्ष २४ की करिश्मा तामाङ, सोही ठाउँ बस्ने वर्ष ५० को डम्बरबहादुर कार्की र मादी ५ बस्ने वर्ष २७ कि युका पोखरेल छन्।
