• बैशाख २२ २०८३, मंगलवार

एक महिने ‘घरघर जाऔं, काँग्रेस जिताऔं’ अभियानमा के छ ?

फाल्गुन २५ २०७८, बुधबार

काठमाडौँ। नेपाली काँग्रेसले स्थानीय तहको चुनाव लक्षित एक महिने अभियानको घोषणा गरेको छ। बुधबार पार्टी कार्यालय, सानेपामा पत्रकार सम्मेलन गर्दै काँग्रेसले स्थानीय तहको निर्वाचत केन्द्रित एक महिने अभियान घोषणा गरेको हो।

यो अभियान फागुन २९ गतेदेखि चैत २९ गतेसम्म चल्ने काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए। उनका अनुसार अभियान लिएर हरेक घरमा काँग्रेसको नेतृत्व पुग्ने र समग्र विषयको विषयमा जनतालाई जानकारी गराउने छन्।