• बैशाख ९ २०८२, मंगलवार

इतिहासका विद्यार्थीका लागि सर्वोत्तम पुस्तक ‘इतिहास दर्शन’

फाल्गुन २५ २०७८, बुधबार

काठमाडौं । इतिहास तथा बौद्ध अध्ययन विभाग पाटन संयुक्त क्याम्पस, त्रि.वि.पाटनढोकाका विभागीय प्रमुख तथा सहप्राध्यापक डा.जगतप्रसाद पराजुलीद्धारा लिखित ‘इतिहास दर्शन’ पुस्तक बजारमा आएको छ ।

इतिहासको जानकारी राख्नेहरु र इतिहासका विद्यार्थीहरुका लागि यो पुस्तक निकै उपयोगी मानिएको छ । भनिन्छ, सही इतिहासको अध्ययन र इतिहासको सही अध्ययनले नै मानिसलाई आगामी दिनमा बाटो पहिल्याउन र अघि बढ्न सजिलो हुन्छ ।

मानवजातिको इतिहासको जतिसक्दो पुरानो र तथ्यपरक कुरा पहिल्याउन सक्यो उति नै भविष्यको लागि उपयोगी हुने कुरा विद्वानहरु बताउँछन् ।

इतिहास सम्बन्धि पुस्तकहरुको अध्ययनले मानवजाति तथा समग्र जीवको इतिहास जस्ताको तस्तै देखाइदिने भएकोले यसलाई इतिहासको अध्ययन गर्ने विज्ञान पनि भन्न सकिन्छ । इतिहासको अध्ययन गर्ने सामग्रीहरु प्रयाप्त र तथ्यपरक विषय समेटिएकोले नै इतिहासका विद्यार्थीहरुले यो पुस्तक धेरै रुचाएको हुनसक्छ ।

पुस्तकमा इतिहासको अध्ययन क्षेत्र, राजनैतिक, संवैधानिक, सामाजिक, साँस्कृतिक, धार्मिक, बौद्धिक, सैनिक तथा विश्वकै इतिहासका बारेमा यो पुस्तकमा जानकारी दिइएको छ । खासमा नेपालको इहिासको सही जानकारीका लागि विदेशी इतिहासका पनि केही स्रोतहरुलाई लिने गरिएको पनि यसमा खुलाइएको छ ।

पुस्तकमा खासगरी इतिहासको अध्ययनका लागि पुरातात्विक स्रोत, अभिलेखहरु, मुद्रा, स्मारक, भारतीय स्रोत, चिनियाँ स्रोत र थ्यास्फू एवम् संस्मरणहरु पनि इतिहासको अध्ययनका स्रोतहरु भएको जनाइएको छ ।

इतिहासको गहन अध्ययनका आधारमा तयार पारिएका सामग्रीहरुका अध्ययनका आधारमा यो पुस्तक लेखिएको हुनाले इतिहासका अध्ययनशील विद्यार्थीहरुका लागि यो पुस्तक निकै उपयोगी मानिएको छ ।