• बैशाख २२ २०८३, मंगलवार

एमसिसीलाई मुलुकको सार्वभौमिकतासँग जोडेर हेर्न हुँदैन : मन्त्री झाँक्री

फाल्गुन २४ २०७८, मंगलवार

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसिसी अनुदान सहायता भएको र त्यसलाई मुलुकको सार्वभौमिकतासँग जोडेर हेर्न नहुने बताएकी छन् ।

नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले सरकारले स्विकार गरेर ल्याएको एमसिसी अनुदान सहायता भएको उल्लेख गर्दै उनले त्यसलाई मुलुकको सार्वभौमिकतासँग जोडेर हेर्न नहुने तर्क समेत दोहोर्‍याइन् ।

उनले विश्वका आधि दुनिँयामा एमसिसी लागू हुँदापनि हाम्रो देशमा भने सार्वभौमिकताको कुरा उठाएर चिन्तित भएको भन्दै आपत्ति जनाइन् ।

मन्त्री झाँक्रीले अरु धेरै देशले सो सम्झौता स्विकार गरेको स्मरण गराउँदै ती देशहरुले कुरा नबुझेको हो त ? भनि एमसिसीका आयोजकहरुलाई प्रश्न समेत गरिन् ।
मन्त्री झाँक्रीले एमसिसी संसदमा डिबेट भएर पास गरिएकाले चिन्ता गर्नुपर्ने अवस्था नरहेको पनि दोहो¥याइन् ।

उनले महिला हिंसा अन्त्यका लागि तय गरिएको कानुन, नीति र कार्यक्रममा पनि परिमार्जन गरेर अघि बढनुपर्नेमा जोड दिइन् ।