काठमाडाैं । काठमाडौंको रामकोटमा एकै परिवारका ५ जनाले विष सेवन गरेका छन् । विष सेवनबाट १ जनाकाे मृत्यु भएकाे छ ।
नागार्जुन नगरपालिकास्थित रामकोटमा सोमबार साँझ एकै परिवारका ५ जनाले विष सेवन गरेको महानगरिय प्रहरी वृत्त स्वयम्भूका डिएसपी मिलन केसीले बताए ।
अन्य चारकाे अवस्था गम्भिर रहेकाे प्रहरी जनाएकाे छ । हाल बिरामीकाे स्वयम्भूस्थित मनमोहन अस्पताल उपचार भइरहेको जनाइएकाे छ ।
अहिले घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालिएको छ । प्रहरीका अनुसार घटनास्थलमा विषको बोटल पनि भेटिएको छ । प्रहरीले घटनाबारे थप विवरण आउन बाँकी रहेको जनाएको छ ।