• आश्विन १४ २०८१, सोमबार

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक सुरु

फाल्गुन २३ २०७८, सोमबार

काठमाडौं । एकीकृत समाजवादीको पोलिटब्युरो बैठक सुरु भएको छ ।

पोलिटब्युरो बैठक समसामयिक राजनीति र स्थानीय तहको निर्वाचनको तयारीबारे छलफल गरिने एकीकृत समाजवादीका एक नेताले जानकारी दिए ।

अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनलाई लिएर एकीकृत समाजवादीमा दुई धार छ । सो विषय पनि आजको पोलिटब्युरो बैठकमा छलफलको एजेन्डा रहेको छ ।